How to ?

Register कसरी गर्ने ?

आफ्नो गाडी Sawari Rental मा दर्ता गर्नुहोस् र आवश्यक कागजात पठाएर प्रमाणीकरण गराउनुहोस्।

  1. Sawari Rental मा जानुहोस् र दर्ता फारम खोल्नुहोस्।
  2. आफ्नो गाडीको सबै विवरण सही रूपमा भर्नुहोस्।
  3. फारम बुझाएपछि WhatsApp बटनमा क्लिक गर्नुहोस्।
  4. WhatsApp खुलेपछि मागिएका कागजातहरूको सूची हेर्नुहोस्।
  5. सूचीमा भएका प्रत्येक कागजातको एउटा स्पष्ट फोटो पठाउनुहोस्।
  6. तपाईंको गाडीका विवरण र कागजातहरू जाँच गरी स्वीकृत भएपछि गाडी वेबसाइटमा देखिनेछ।
  7. त्यसपछि तपाईंलाई WhatsApp समूहको लिंक पठाइनेछ। समूहमा जोडिनुहोस्।
  8. नयाँ ट्रिपका जानकारी WhatsApp समूह वा तपाईंको व्यक्तिगत WhatsApp मा पठाइनेछ।

सवारी साधन Verify कसरी गर्ने

आवश्यक कागजात पठाएर आफ्नो सवारी साधन प्रमाणीकरण गराउनुहोस्।

  1. चालक अनुमतिपत्र देखिने गरी खिचिएको सेल्फी
  2. नागरिकताको प्रतिलिपि
  3. चालक अनुमतिपत्र (Driving License)
  4. ब्लुबुकको पृष्ठ २ र ९
  5. गाडीका ३ वटा तेर्सा (Horizontal) फोटो
    कागजातहरू प्रमाणीकरण भएपछि तपाईंको गाडीको लिस्टिङ वेबसाइटमा देखिनेछ र तपाईंले ट्रिप पाउन थाल्नुहुनेछ।

Non-Premium Member का लागि

ग्राहकको प्रस्ताव स्वीकार भएपछि बुकिङको अवसर पाउनुहोस्।

  1. तपाईंको गाडीका लागि वेबसाइट वा अन्य माध्यमबाट आएको अनुरोधमा लाग्ने दर पहिले तपाईंसँग लिइन्छ। त्यसपछि हामी ग्राहकसँग कुरा गर्छौं।
  2. ग्राहकले तपाईंले दिएको दर स्वीकार गरेमा, ग्राहकको सम्पर्क नम्बर तपाईंलाई दिइन्छ। त्यसपछि तपाईंले ग्राहकसँग सिधै थप कुरा गरेर बुकिङ लिन सक्नुहुन्छ।
  3. ग्राहकले उक्त दर स्वीकार नगरेमा, ट्रिप ग्राहकको सम्पर्क नम्बरसहित प्रिमियम WhatsApp समूहमा पोस्ट गरिन्छ।
  4. प्रिमियम समूहबाट पनि बुकिङ नभएमा, ट्रिप सामान्य WhatsApp समूहमा पोस्ट गरिन्छ।
  5. सामान्य समूहमा आएका प्रस्तावमध्ये ग्राहकको आवश्यकता पूरा गर्ने उपयुक्त प्रस्ताव दिने गाडीधनीलाई ट्रिप दिइन्छ।

Premium Member का लागि

ग्राहकसँग सिधै सम्पर्क गरी ट्रिप बुकिङ लिनुहोस्।

  • वेबसाइटबाट आउने ट्रिप: ग्राहकले वेबसाइटमा तपाईंको प्रिमियम गाडी हेरेर WhatsApp मार्फत सिधै तपाईंलाई सम्पर्क गर्न सक्छन्। त्यसपछि तपाईंले ग्राहकसँग आफ्नो दरअनुसार कुरा गरेर बुकिङ लिन सक्नुहुन्छ।
  • फोन वा WhatsApp बाट आउने ट्रिप: हामीलाई फोन वा WhatsApp मार्फत आएका ग्राहकका अनुरोधहरू ग्राहकको सम्पर्क नम्बरसहित प्रिमियम WhatsApp समूहमा पोस्ट गरिन्छ। तपाईंले ग्राहकलाई सिधै फोन गरेर आफ्नो दर वा प्रस्ताव दिन सक्नुहुन्छ।
  • सिधा कारोबार: ग्राहक र गाडीधनीबीच सिधै कुराकानी र कारोबार हुन्छ।
  • कमिसन: यस प्रक्रियामा कुनै कमिसन वा बिचौलिया शुल्क लाग्दैन।
© 2026 Swari Rental. All rights reserved.